Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित

$
0
0

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ८८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ७८१ महिला र ११०७ पुरुष गरी १८८८ जनामा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १५०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए १८८८ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles