Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जाडोयाममा यसरी स्वास्थ्यको ख्याल राखौं

$
0
0

हाल देशभरको मौसमी तापमान घट्दोक्रममा रहेको छ । गर्मी सकिएसँगै चिसो बढिरहेको छ र अब जाडोयाम सुरु भइसकेको छ ।

विशेषगरी गर्मी सकिएर जाडो सुरु भएसँगै हाम्रो स्वास्थ्यमा समेत विभिन्‍न समस्याहरु देखापर्न सक्छन् । यतिबेला भाइरल ज्वरो, रुघाखोकी, छातीको समस्या, दम, आज्मा, झाडापखाला, जण्डिस, टाउको दुख्‍ने लगायतका समस्या देखिने गर्छ । अहिलेको समयमा कोरोनाको महामारी पनि रहेकाले स्वास्थ्यको ख्याल राख्‍न थप जरुरी छ ।

विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा मौसमी बिमारीको समस्या बढी देखिने गर्छ । अब जाडोयाममा आइपर्ने त्यस्ता समस्याबाट कसरी जोगिने त्यसबारेमा चर्चा गरौं ।

१. स्वस्थ शरीरको लागि सबैभन्दा उत्तम उपाय भनेको स्वस्थकर खानेकुरा र भरपूर आराम लिनु हो ।

२. शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा ज्यादै आवश्यक छ । निद्रामा कमी आउनाले हुन्छ शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र हामीलाई विभिन्न रोगले समात्ने गर्छ । त्यसकारण समयमै सुत्‍ने बानी बसाल्नुपर्छ ।

३. मौसम बद्लिएसँगै विभिन्न रोगको संक्रमण बढ्ने खतरा बढी हुन्छ । अहिले त कोरोनाको पनि डर छ । त्यसैले अत्यावश्यक कामबाहेक भीडभाडमा नजाने र जानै परेमा मास्कको प्रयोग गर्नाले शरीरलाई कोरोनालगायत अन्य विभिन्न संक्रमणबाट जोगाउन सकिन्छ ।

४. शरीरमा रोग निम्त्याउने अर्को तत्व भनेको तनाव हो । तनावले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । तनाव कम गर्न व्यायाम राम्रो माध्यम हो । नियमित व्यायामले शरीरमा स्फूर्ती पैदा हुनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।

६. शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो । शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ । विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

८. शरीरमा आवश्यकता अनुसार न्यानो कपडा पहिरिएर पनि शरीरलाई विभिन्न रोगहरु लाग्नबट बचाउन सकिन्छ ।

९. दैनिक ८ देखि १० कम मनतातो पानीको सेवनले पनि शरीरमा विभिन्न रोगको संक्रमण हुन पाउँदैन ।

The post जाडोयाममा यसरी स्वास्थ्यको ख्याल राखौं appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles