काठमाडौं, १३ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १३३८ जना, ललितपुरमा १८० जना र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका १६१५ मध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । विहीबार अपराह्नसम्मको रिपोर्टअनुसार काठमाडौंमा १६ हजार ५२१ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १ हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
The post काठमाडौं उपत्यकामा विहीबार थपिए १६१५ कोरोना संक्रमित appeared first on Sajha Post.