काठमाडौं, १० कात्तिक । काठमाडौं उपत्यकाभित्र बितेको २४ घन्टामा ८९५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । सोमबार उपत्यकाभित्र ३८० महिला र ५१५ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना संक्रमित थपिएका हुन् ।
उपत्यकामा कुल २२ हजार ३ सय २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यो कुल सक्रिय संक्रमितको आधा भन्दा बढी संख्या हो । काठमाडौंमा १८३७४, ललितपुरमा २५२० र भक्तपुरमा १४३५ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा भने पछिल्लो २४ घण्टामा १७४१ जना संक्रमित थपिएका छन् ।
The post उपत्यकामा सोमबार थपिए ८९५ कोरोना संक्रमित appeared first on Sajha Post.