Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थपिए १७४१ कोरोना संक्रमित, ४००५ जना निको हुँदा १५ जनाको मृत्यु

$
0
0

काठमाडौं, १० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७४१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ ।

सवमबारसम्म २ हजार ९६९ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ४३ हजार २९३ जना आइसोलेसनमा रहेका छन् । आजसम्म कुल १३ लाख ९८ हजार १७९ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८६२ पुगेको मन्त्रालयले जनाएको छ ।

The post सोमबार थपिए १७४१ कोरोना संक्रमित, ४००५ जना निको हुँदा १५ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images