Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार २२२५ कोरोना संक्रमित थपिँदा २८४६ जना निको

$
0
0

काठमाडौं, ८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८४६ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ ।

शनिबारसम्म ३ हजार ३२२ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ४६ हजार ५७ जना आइसोलेसनमा रहेका छन् । आजसम्म कुल १३ लाख ८० हजार ८६२ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १३ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८४२ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शनिबार २२२५ कोरोना संक्रमित थपिँदा २८४६ जना निको appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles