पोखरा, ८ कात्तिक । गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको शनिबार दिउँसो १ बजेसम्मको अपडेटका अनुसार ६ जिल्लाका १०८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेशभर कुल संक्रमितको संख्या ६ हजार ४५९ पुगेको छ ।
निर्देशनालयका अनुसार शनिबार दिउँसोसम्म सबैभन्दा धेरै कास्कीमा ५७ जना संक्रमित थपिएका छन् । संक्रमित सबै प्रदेशको राजधानी एवम् कास्की सदरमुकाम पोखराका हुन् ।
त्यसैगरी नवलपरासी पूर्वका २५ जनामा संक्रमण देखिएको छ भने पर्वत र तनहुँका ११-११ जनामा संक्रमण पुष्टि भएको छ । गोरखाका ३ जना र बाग्लुङका १ जनामा पनि संक्रमण देखिएको छ ।
यसैबीच प्रदेशभर सक्रिय संक्रमितको संख्या २ हजार ४७७ पुगेको छ । हालसम्म ५९ जनाले ज्यान गुमाएका छन् ।
The post पोखराका ५७ सहित गण्डकी प्रदेशमा थपिए १०८ कोरोना संक्रमित appeared first on Sajha Post.