काठमाडौं, ७ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७२० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १६२८ जना पुरुष र १०९२ महिलामा कोरोना संक्रमण थपिएको हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी २ हजार ३५७ जनामा कोरोना संक्रमण भेटिएको छ भने ललितपुरमा २३६ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै भक्तपुरमा २३६ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गरिएकोमा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो समयमा कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ६६८ रहेको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६ हजार ६९१ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।
The post काठमाडौं उपत्यकामा थपिए २७२० कोरोना संक्रमित appeared first on Sajha Post.