Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार कुन जिल्लामा कति कोरोना संक्रमण ? हेर्नुहोस् पूर्ण विवरण

$
0
0

काठमाडौं, ७ कात्तिक । पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गरिएकोमा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो समयमा कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ६६८ रहेको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६ हजार ६९१ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

बितेको २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी २ हजार ३५७ जनामा कोरोना संक्रमण भेटिएको छ भने ललितपुरमा २३६ जना कोरोना संक्रमित भएका छन् ।

हेर्नुहोस् जिल्लागत विवरण-

The post शुक्रबार कुन जिल्लामा कति कोरोना संक्रमण ? हेर्नुहोस् पूर्ण विवरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles