३० वर्ष कटेपछि महिलाहरुको शरिरमा धेरै हर्मोनल तथा फिजिकल परिवर्तन देखिन्छ । यसपछि शरिरको तौल नियन्त्रण गर्न समेत मुस्किल पर्छ । यस्तैमा महिलाहरुलाई क्यानसर जस्तो रोग लाग्ने सम्भावना पनि उच्च भएर जान्छ ।
अमेरिकन क्यानसर सोसाइटीको रिपोर्टका अनुसार ३० वर्ष काटेपछि ब्रेस्ट क्यानसर हुने उच्च सम्भावना हुन्छ । यसबाहेक यस उमेरमा शरिरको तौल बढ्दै गएमा पेट, प्यानक्रियाजमा क्यानसर हुने सम्भावना पनि उत्तिकै बढी भएर जान्छ ।
सिनियर कन्सलटेन्ट डा. सिद्धार्थ साहिनीका अनुसार ब्रेस्ट क्यानसरका लक्षणहरु यस्ता रहेका छन् ।
डिस्चार्ज
भेजिनाबाट स्मेल डिस्चार्ज भएमा वा कुनै इनफेक्सन भएमा यो सर्वाइकल क्यानसरको संकेत हुनसक्छ ।
पेट फुल्नु
पेट ठीक रुपमा सफा नगर्नु, पिसाबमा कुनै खाले समस्या हुन, पेटको तल्लो भाग दुख्नु वा बारम्बार दुखिरहनु यो पेल्बिक क्यानसरको संकेत हो ।
तौल बढ्नु
विशेष डाइट बेगर नै शरिरको तौल ४–५ किलोसम्म बढिरहेमा यो ओवरिन क्यानसको संकेत हो ।
अचानक शरिरको तौल घट्नु
अचानक बिना कारण शरिरको तौल घट्नु यसलाई ध्यान नदिनले पाचन प्रणाली, फुड पाइप वा पेट वा फोक्सोको क्यानसरको संकेत हुनसक्छ ।
स्तनमा परिवर्तन आउनु
स्तनमा गाठो भएको महसुस गर्नु, निप्पलको रङ बदलिनु, चिलाउनु, दुख्नु, झमझम भएको महसुस हुनु वा निप्पलबाट रगत आउनु ब्रेस्ट क्यानसर हुनसक्छ ।
अनियमित रुपमा ब्लीडिङ हुनु
पिरियड्सका दौरान धेरै रगत बग्नु, रगतका साथ क्लट्स आउनु, पिरियड्स पछिको समयमा पछि अचानक रगत बग्नु यी सबै सर्वाइकल क्यानसरका लक्षण हुनसक्छन् ।
स्टुलका साथ रगत देखिनु
स्टुलका साथ हल्का वा गाडा रंगको ब्लड देखिनु कोलोन क्यानसरको संकेत हो ।
The post ३० वर्ष काटेपछि ब्रेस्ट क्यानसर हुने उच्च सम्भावना appeared first on Sajha Post.