Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

झनै खतरनाक हुन्छ पुरुषको स्तन क्यान्सर, यस्ता देखिन्छन् लक्षण

$
0
0

स्तन क्यान्सर महिलालाई मात्र नभएर पुरुषका लागि समेत खतरनाक सावित हुन सक्छ । विशेषज्ञका अनुसार पुरुषलाई महिलाको तुलनामा स्तन क्यान्सरको सम्भावना कम हुन्छ । तरपनि महिलाभन्दा पुरुषलाई हुने स्तन क्यान्सर बढि खतरनाक हुने उनीहरु बताउँछन् ।

त्यसैकारण यसका लक्षण पहिले नै फेला पारेमा खतराबाट मुक्त हुन सकिन्छ । यी लक्षणको पहिचान गरि तुरुन्तै चिकित्सककहाँ जाँदा ठीक निको पनि हुन्छ । पुरुषहरुमा यस्ता लक्षणहरु देखा परेमा स्तन क्यान्सरको सम्भावना हुने चिकित्सकहरु बताउँछन् :

१. चिलाउने र रातो भएमा
पुरुषको स्तनवरिपरि चिलाउने र रातो हुने भएमा यस्तो संकेतलाई ठीक मानिँदैन ।

२. साह्रोपना
निप्पल र त्यसको आसपास कडा महशुश भएमा वा सो भाग दबाउँदा दुखेमा पनि यो राम्रो लक्षण होइन ।

३. घाउ
निप्पलको वरिपरि कुनै घाउ भएमा र लामो समयसम्म पनि ठीक नभएमा यो क्यान्सरको लक्षण हुन सक्छ ।

४. रगत आएमा
निप्पल वा त्यसको वरिपरिको छालाबाट रगत आएमा र लगातार दुखेमा पनि त्यो स्तन क्यान्सरको संकेत हुन सक्छ ।

५. गाँठो
निप्पलको वरिपरि गाँठो जस्तो देखा परेमा वा महशुश भएमा त्यो पछि फुटेर घाउ बन्न सक्छ । यो पनि स्तन क्यान्सरको लक्षण हुन सक्छ ।

६. काखिमुनिको गाँठो
काखी मुनि वा काँधको तल कुनै गाँठो महशुश भएमा र लगातार दुख्ने गरेमा पनि स्तन क्यान्सरको लक्षण हुन सक्छ ।

The post झनै खतरनाक हुन्छ पुरुषको स्तन क्यान्सर, यस्ता देखिन्छन् लक्षण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles