दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–बी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरीरलाई लाभदायक गर्छ ।
हरेक दिन यसको सेवन गर्नाले अपच, कब्जियत, ग्याँस जस्ता समस्याहरु हल हुने गर्छ । भान्छामा कहिलकाँही धेरै मसालेदार खाना पाक्छन् । केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छ ।
कालो मरिच हरेक घरमा प्रयोग गरिन्छ । एक कटौरा दहीमा १ चम्चा कालो मरिच मिलाएर खाने गरेमा शरीरमा रहेको बोसो कम हुन थाल्छ ।
केही मानिसहरु तौल कम भएका कारण टेन्सन लिन्छन् । यसका लागि दैनिक ड्राइफुडमा दही हालेर खानाले शरीरमा वजन बढ्छ ।
खाना पचाउन गाह्रो भएको छ भने पिनेको जिरामा दही हालेर खानुहोस् पाचन प्रक्रियामा सुधार हुन्छ ।
मुखमा छाला गएर समस्यामा पर्नु भएको छ भने दहीमा मह हालेर खाने गर्नुहोस् । दुई तिन दिनमा नै निको हुन्छ मुखमा जाने समस्या ।
The post दुब्लाउन चाहनुहुन्छ, यसरी खाना खानुहोस् appeared first on Sajha Post.