Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

किन नखाने चिनी ?

$
0
0

चिकित्सकहरुले शरीरका लागि आवश्यक गुलियोपदार्थ अन्य खानेकुराबाट प्राप्त हुने भन्दै चिनी सकेसम्म नखान वा खानै परे दिनमा बढीमा ४५ ग्राम खान सुझाव दिदै आएका थिए । सोही अनुसार जनताले चिनीको प्रयोगदरमा कमी गरेको प्रोफेसर डाक्टर जोन किम बताउँछन् ।

तर उनले अहिले पनि चिकित्सकले तोके तोके भन्दा बढी नै प्रयोग भईरहेको बताउछन् । ‘कोरियाली जनताले पहिले दैनिक २ सय ग्राम सम्म सहजै खाने गर्दथे । चिकित्सक र मिडियाको क्याम्पेनिङ प्रयोगदरमा आधाले कमी भएको छ । तर मापदण्डसम्म झरिसकेको छैन,’ प्राडा जोन भन्छन् ।

कोरियाली जनतामा मोटोपना र मधुमेहको समस्या दिन प्रतिदिन बढदै गएपछि चिकित्सकहरु चिनीको प्रयोग विरुद्ध मिडिया क्याम्पेनिङमा लागेका हुन् । अहिले त्यहाँका सबै जसो टेलिभिजनले चिनीको प्रयोग नगर्न वा क मगर्ने बारेका चिकित्सकका सन्देशहरु प्रशारित गरिहेको छ ।

चिकित्सकले चिनीको अधिक सेवनले मधुमेहका साथै, मोटोपना बढाउने, माइग्रेन, फ्याटीलिभर, टाउको दुख्ने, दाँतमा समस्या, छालामा समस्या, कोलेस्टेरोल बढने, तथा पेटको क्यान्सर, स्तन क्यान्सरको सम्भावना समेत बढने बताउने गरेका छन् ।

The post किन नखाने चिनी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles