काठमाडौं, १ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार १६७ जना संक्रमित थपिएका छन् भने १ हजार ८०० जना कोरोनामुक्त भएका छन् ।
शनिबारसम्म कुल १ लाख २९ हजार २०४ जना संक्रमित भएका छन् । यीमध्ये ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेका छन् भने ८९ हजार ८४० जना निको भइसकेका छन् ।
मुस्ताङ बाहेक नेपालका अन्य सबै जिल्लाहरुमा कोरोना संक्रमण रहेको छ ।
The post कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ संक्रमितको मृत्यु appeared first on Sajha Post.