एक अध्ययनको नतिजाअनुसार भूईमा लडेर पेट मिचीमिची अनियन्त्रित तरिकाले हाँस्नाले १२० क्यालोरी प्रति घण्टा शक्ति प्रयोग हुन्छ । जुन मध्यम गतिमा हिँड्दा प्रयोग हुने क्यालोरी बराबर हो ।
एक राम्रो खुलेर हाासिएको हाँसोले तपाईंको पेटलाई नियन्त्रण गर्छ । जबकि तपाईं घरमा टि.भी.मा कमेडी कार्यक्रम हेरीरहनु भएको छ भने अन्जानमा तपाईंको पेटको व्यायाम भईरहेको हुनसक्छ ।
बैज्ञानिकहरुको अनुसार इन्टरनल अब्लिक भन्ने पेटको मांसपेसी सिक्स प्याक बनाउन जिम्मेवार हुन्छ र त्यसको व्यायाम पेटको क्रन्चिङ भन्दा हाँसोबाट बढी हुने गर्छ ।
खुलेर हाँस्नाले रक्तसञ्चारलाई पनि प्रभावकारी बनाई मुटुका मांशापेसीको समेत व्यायाम गराउने गर्छ ।
डा. पिचर भन्छिन्, ‘तपाईं कमेडी कार्यक्रम हेर्दाहेर्दै आफ्नो तौल घटाउन सक्नुहुन्छ । यदि त्यो कार्यक्रम हेर्दै केही खाईरहनु भएको छैन भने । म आफैपनि हाँस्य कार्यक्रम हेरेपछि बढी स्वस्थ र फिट भएको महसुस गर्छु ।’
एक हाँस्य कार्यक्रमका सञ्चालक टिमान्द्रा हार्कनेस भन्छन्, ‘हाँस्नु व्यायामको विकल्प होईन तर जबसम्म तपाईं आफ्नो व्यायामलाई नियमित बनाउन सक्नुहुन्न तबसम्म खुलेर हास्नुस यसले तपाईंको शरीर स्वस्थ राख्न मद्दत गर्छ ।’
The post मज्जाले हाँस्नुहोस्, तौल घटाउनुहोस् appeared first on Sajha Post.