काठमाडौं, २६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
सोमबार सबैभन्दा बढी काठमाडौंमा १ हजार ८८८ जनामा संक्रमण देखिएको छ । मोरङमा २२३, सुनसरीमा २४९, भक्तपुरमा ११८, ललितपुरमा २७७ जनामा कोरोना संक्रमण देखिएको छ ।
सोमबार ६९ जिल्लामा महिला १ हजार ५६५ जना र पुरुष २ हजार ४८२ जना गरी ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार थपिएका कोरोना संक्रमितको विस्तृत विवरण यसप्रकार रहेको छ-
The post सोमबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति (पूर्ण विवरणसहित) appeared first on Sajha Post.