Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ जनाको ज्यान गयो

$
0
0

काठमाडौं, २६ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि चारजनाको ज्यान गएको छ ।

सोमबार ज्यान गुमाउनेमा २ महिला र ७ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला रहेकी छन् भने काठमाडौंकै ६३ र ७७ वर्षीय दुई पुरुष तथा ललितपुरका ५० वर्षीय पुरुष छन् ।

त्यसैगरी चितवनकी ४० वर्षीया महिला रुपन्देहीका ७४ वर्षीय पुरुष तथा सुनसरीका ३७, ८९ र ९० वर्षीय तीनजना पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा सोमबार ४०४७ जना कोरोना संक्रमित थपिँदा १४७३ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

The post कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ जनाको ज्यान गयो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles