काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको बताएका छन् ।
डा गाैतमले पायक पर्ने स्थानमा बेड उपलव्ध हुन नसकेको भन्दै यस महामारीको अवस्थामा सबै सरकारी तथा निजी अस्पतालहरुले कोभिडका विरामीहरुको उपचार व्यवस्था गर्न आवश्यक रहेको बताए ।
उनले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको भन्दै अब अस्पतालले नधान्ने पनि बताएका छन् ।
‘विशेषगरी काठमाडौँ उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ’, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’ बुधबारको नियमित प्रेस ब्रिफिङमा उनले भने ।
The post अप्रत्याशित रुपमा बढ्यो संक्रमण, उपत्यकामा उपचार व्यवस्थापन गर्न थप चुनौती : डा गाैतम appeared first on Sajha Post.