Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए १६८४ कोरोना संक्रमित, सातजनाको मृत्यु

$
0
0

काठमाडौं, २१ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ६९१ महिला र ९९३ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १२९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्‍टि भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका ६ जना तथा ललितपुरका एकजना संक्रमितको मृत्यु भएको छ । उपत्यकाका ७ सहित देशभर १५ जनाको ज्यान गएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ३४३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ९४ हजार नाघेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए १६८४ कोरोना संक्रमित, सातजनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles