Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दैनिक रक्सी पिउनुहुन्छ- पहिले यो पढ्नुहोस्

$
0
0

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

केट विश्व विद्यालयले गरेको एक सर्वेक्षण अनुसार अल्कोहल प्रयोग गर्नेहरु छोटो समयका लागि खुशी हुने गरेका छन् । तर, लामो समयका लागि खुशी हुने उपायहरु अन्य कारणहरु रहेको सर्वेक्षणले देखाएको छ । तसर्थ खुसी हुन पिइने यस्ता खाले अल्कोहल जीवनमा केही फरक नपार्ने बताइएको छ ।

शोधकर्ताले लामो समयसम्म अध्ययन गरेपछि यस्तो निष्कर्षमा पुगेका हुन् । जीवनमा राम्रा निर्णय लिन सक्नु नै खुसी हुने बाटो भएको शोधकर्ताको निष्कर्ष रहेको छ । अल्कोहलको सेवनले लत लाग्ने र क्षणिक आनन्दका कारण जीवनदेखि असन्तुष्ट हुने अनुसन्धानमा पाइएको छ ।

यो अनुसन्धान सोसियल साइन्स एण्ड मेडिसिन नाम गरेको एक जर्नलमा प्रकाशित गरिएको छ ।

The post दैनिक रक्सी पिउनुहुन्छ- पहिले यो पढ्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles