मष्तिष्क हाम्रो शरीरको एकदमै महत्वपूर्ण भाग हो तर यसको बारेमा आमरुपमा मानिसहरुलाई धेरै जानकारी हुँदैन । मष्तिष्कमाथि हजारौं अनुसन्धान भइसकेका छन् र भइरहेका पनि छन् । यो क्रममा कयौं रोचक तथ्यहरु पत्ता लागेका छन् । यहाँ हामी मष्तिष्कबारेका १० रोचक तथ्यहरुबारे जानकारी दिनेछौं-
- मष्तिष्कबाट एउटा सानो लेड बल्ब बल्न सक्छ । मष्तिष्कबाट २५ वाटको बिजुली पैदा हुन्छ, जसबाट एउटा लेड बल्ब बल्न सक्छ ।
- पुरुषको मष्तिष्क महिलाको भन्दा १० प्रतिशत ठूलो हुन्छ ।
- मष्तिष्कको आकार पछिल्लो २० हजार वर्षमा टेनिस बलको आकारजति कम भएको छ ।
- मष्तिष्कमा हुने न्यूरोनहरुले कम्प्युटरको सिपियुको जस्तै काम गर्छ ।
- मान्छेको मष्तिष्कमा ७५ देखि ८० प्रतिशतसम्म पानीको मात्रा हुन्छ ।
- मष्तिष्कमा पानीको मात्रा कम भयो भने यसले काम गर्न नै छाडिदिन्छ ।
- मष्तिष्कमा पीडा वा दुःखाई हुँदैन । यदि मष्तिष्कको अपरेशन गर्नुपर्यो भने पनि एनेस्थिशियाजस्तो नदुख्ने औषधी प्रयोग गर्नु पर्दैन तर, स्कल्पको लागि एनेस्थिशिया आवश्यक हुन्छ ।
- एक वयस्क मानिसको मष्तिष्कको तौल १३ सय देखि १४ सय ग्रामसम्म हुन्छ ।
- अल्बर्ट आइनस्टाइनको मष्तिष्कको तौल सामान्य पुरुषको मष्तिष्कभन्दा १० प्रतिशत कम थियो तर, न्यूरोन्सको घनत्व बढी थियो अथवा मष्तिष्क बढी एक्टिभ थियो ।
- ब्रेनमा ब्लड भेसल्सको लम्बाई ६४५ किलोमिटर हुन्छ ।
The post के तपाईंलाई थाहा छ मानव मष्तिष्कबारे यी १० रोचक तथ्यहरु ? appeared first on Sajha Post.