काठमाडौँ, ३० भदाै । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । महिलामा काठमाडौँकी ८६ बर्षिय, सिराहकी ३५ बर्षिय, बाराकी ५५ बर्षिय र रुपन्देहीकी ६४ बर्षिय रहेका छन् ।
त्यस्तै, पुरुषमा काठमाडौँका ३ जना रहेका छन् । जसमा ३४, ९६, ६६ बर्षिय रहेका छन् ।
त्यस्तै सर्लाहीका ६४ बर्षिय, मकवानपुरका ६१ बर्षिय, बाराका ५५ बर्षिय र कपिलवस्तुका ५८ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।
The post कोरोनाबाट थप ११ को मृत्यु (विवरणसहित) appeared first on Sajha Post.