Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मङ्गलबार १४५९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५६ हजार नाघ्यो

$
0
0

काठमाडौं, ३० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

मङ्गलबारसम्म ७ हजार २५० जना क्‍वारेन्टाइनमा रहेका छन् भने १५ हजार ७७९ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३७५ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ६१ हजार ७८० नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।

The post मङ्गलबार १४५९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५६ हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles