चितवन, २७ भदाै । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राति १२ बजेसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिईन् । संक्रमित सबै चितवनका रहेको बताइएको छ ।
संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । उनीहरुमध्ये केही क्वारेन्टाइनका हुन् भने केहीको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुस्पाञ्जली अस्पतालबाट संकलन गरिएको हो ।
कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरेर आठ जना छन् । खैरहनीका दुई पहिला दुई पुरुष गरेर चार जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनीहरु सबै क्वारेन्टाइनका हुन् ।
शुक्रबार दिउँसोसम्म संक्रमितको संख्या एक हजार १४९ रहेको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ ।
The post भरतपुरको परीक्षण प्रयोगशालामा ८७ जनामा संक्रमण पुष्टि appeared first on Sajha Post.