Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा कोरोना जित्नेको संख्या बढ्यो, पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना डिस्चार्ज

$
0
0

काठमाडौं, २५ भदाै ।  नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना संक्रमित डिस्चार्ज  भएका छन्। हालसम्म ७१ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार  आजसम्म ३५ हजार सात सय संक्रमित डिस्चार्ज भएका हुन्। देशभर कुल संक्रमित संख्या भने ५० हजार ४ सय ६५ पुगेको छ।

देशभर १४ हजार ४ सय ४८ जना सक्रिय संक्रमित रहेको  मन्त्रालयले जनाएको छ ।  त्यस्तै ८ हजार १० जना संस्थागत आइसोलेसनमा रहेका  छन् ।

त्यस्तै,  ८०१० जना संस्थागत आइसोलेसनमा रहेका छन्। होम आइसोलेसनमा रहेकोको संख्या भने ६ हजार ४ सय ३८ छ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

The post नेपालमा कोरोना जित्नेको संख्या बढ्यो, पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना डिस्चार्ज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles