Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सुत्नुअघि भुलेर पनि नखानुस् यी ५ चिज

$
0
0

एजेन्सी । कामको दबाव, पारिवारिक तनाव, आर्थिक समस्या लगायतका समस्याका कारण प्राय: चैनले निदाउन सकिँदैन । निद्राको कमीका कारण स्वास्थ्य समस्या पनि देखा पर्छ ।

तनाव र स्वास्थ्य समस्यामात्रै होइन, निद्रालाई प्रभावित बनाउने अर्को तत्व पनि छ, त्यो हो खानपान । सायद तपाईंलाई थाहा नहुनसक्छ, हाम्रो निद्रालाई डिनरले धेरै हदसम्म प्रभावित पार्न सक्छ ।

खानपानमा केही यस्ता चिज हुन्छन्, जसले तपाईंलाई चैनको निद् प्राप्त गर्न सघाउँछ भने केही यस्ता चिज छन् जसले निद्रामा समस्या ल्याउँछ । आज हामी निद्रालाई डिस्टर्ब गर्ने केही यस्ता चिजको बारेमा जानकारी दिँदैछौं, जसलाई डिनरमा नखानु नै बेस हुन्छ ।

 

1. क्याफिन

क्याफिनको सिधा असर हाम्रो मस्तिष्कमा पर्छ । क्याफिनको मात्रा धेरै भएको कुनै पनि चिजको सेवनले निद्रा डिस्टर्ब गर्छ । क्याफिनको असर सेवनको ५ घण्टासम्म रहन्छ ।
2. अत्याधिक मसलेदार खाना

रातको समयमा अत्याधिक मसलेदार खाना खानु सही होइन । मसलेदार खानाले जलन तथा ग्यासको समस्या निम्त्याउँछ, जसका कारण तपाईंको निद्रा डिस्टर्ब हुनसक्छ ।
3. मासु

मासुमा उच्च मात्रामा फ्याट र प्रोटिन पाइन्छ, जसलाई पचाउनका लागि काफी समय लाग्छ । तपाईं निदाउनुहोला, तर पनि यसले रातभर तपाईंलाई बेचैन बनाउँछ ।
4. जंक फूड

जंक फूडमा उच्च मात्रामा स्याचुरेटेड फ्याट हुन्छ । जसलाई पचाउन निकै समय लाग्छ । त्यसैले रातको समयमा खाने जंक फुडले निद्रा विथोल्ने काम गर्छ ।
5. फलफूल

यदि सुत्नुअघि फलफूल खाँदै हुनुहुन्छ भने पख्नुस्, फलफूलमा नेचुरल सुगर हुन्छ । जसलाई पनि पचाउन समय लाग्छ । निद्राको समयमा पनि लामो समय हाम्रो पाचनयन्त्र क्रियाशील रहँदा बेचैनी हुन्छ ।

The post सुत्नुअघि भुलेर पनि नखानुस् यी ५ चिज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles