Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप ५ कोरोना संक्रमितको मृत्यु, १८१८ जना निको भए

$
0
0

काठमाडाैं, २५ भदाै । पछिल्लो २४ घण्टामा देशभर थप ५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले विहीबार जानकारी दिएअनुसार योसँगै कुल मृतकको संख्या ३१७ पुगेको छ ।

मंगलबार थप १२४६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिँदा १८१८ जना निको भएका छन् ।

विहीबारसम्म नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २४६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या आधा लाख नाघेको हो । योसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

बिहीबारसम्म ५ हजार ८०६ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १४ हजार ४४८ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख १० हजार ४८५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

The post थप ५ कोरोना संक्रमितको मृत्यु, १८१८ जना निको भए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles