Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार नाघ्यो

$
0
0

काठमाडौं, २५ भदौ । नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २४६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या आधा लाख नाघेको हो । योसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ ।

बिहीबारसम्म ५ हजार ८०६ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १४ हजार ४४८ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख १० हजार ४८५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१७ पुगेको मन्त्रालयले जनाएको छ ।

The post नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles