Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थप ८१८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३१९३५

$
0
0

काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८१८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

शनिबारसम्म ११ हजार ४१४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १३ हजार १५५ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार २६ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ६ लाख ४ हजार ४४४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ३ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १४९ पुगेको मन्त्रालयले जनाएको छ ।

The post आइतबार थप ८१८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ३१९३५ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images