Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, शुक्रबार ८३८ जनामा संक्रमण

$
0
0

काठमाडौं, ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २५० जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

शुक्रबारसम्म १२ हजार २३४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १२ हजार १३२ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ५ लाख ७९ हजार ८९९ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या १३७ पुगेको मन्त्रालयले जनाएको छ ।

The post नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, शुक्रबार ८३८ जनामा संक्रमण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles