Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

घरमै बसेर केही समयमै यसरी सफा गर्न सकिन्छ फोक्सो !

$
0
0

पर्यावरणमा रहेको प्रदुषण रोक्न पहिला नाकले भूमिका खेल्छ, त्यसपछि फोक्सोले । मानिस स्वस्थ हुन फोक्सो स्वास्थ हुनु अत्यन्त जरुरी छ । फोक्सोले स्वास फेर्न सघाउँछ । अस्वस्थकर खाना र आधुनिक जीवनशैलीले हाम्रो फोक्सोमा समस्या बढिरहेको हुनसक्छ ।

शरीरको अन्य भागको मांशापेशी वा छालाजस्तै फोक्सोको पनि सुरक्षामा ध्यान दिनुपर्छ । फोक्सोको माध्यमबाट हामीले शरीरको लागि अक्सिजन पाउँछौं भने शरीरको अनावश्यक कार्बन डाइअक्साइडको निष्काशन पनि हुन्छ । यदि फोक्सोले काम गरेन भने मुटुको रोग र श्वासको समस्या बढ्दछ । आज हामीले घरमै बसेर फोक्सो सफा गर्ने र स्वस्थ राख्ने उपायहरुको बारेमा केही उपायहरु प्रस्तुत गर्नेछौं

सामग्रीहरुः

आधा केजी गाजर र ३-४ चम्चा मह ।

विधिः

विधि गाजरलाई काटेर केही पानी राखेर पकाउनुहोस् । पाकेपछि मिक्सरमा राखेर लेदो बनाउनुहोस् । जुन पानीमा गाजर पकाउनुभएको थियो, त्यो पानी सम्हालेर राख्नुहोस्, पछि काम आउनेछ ।

अब गाजरको मिश्रणमा मह र गाजर उसिनेको पानी राख्नुहोस् । यो मिश्रणलाई फ्रिजमा राख्नुहोस् ।

हरेक दिन ३ देखि ४ चम्चाको नियमित सेवनले फोक्सो सफा हुनेछ ।

स्रोतः ओन्लिआयुर्वेद डट कम

The post घरमै बसेर केही समयमै यसरी सफा गर्न सकिन्छ फोक्सो ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles