काठमाडौं, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ४१८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३५८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।
सोमबारसम्म १० हजार ४५२ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ७३२ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ६३७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ९८ हजार ९०७ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ५७ रहेको मन्त्रालयले जनाएको छ ।
The post सोमबार थपिए ४१८ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या २०७५० appeared first on Sajha Post.