Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थपिए २१० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १९२७३

$
0
0

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २१  पुगेको छ ।

बुधबारसम्म १४ हजार ३३१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार २०३ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ५८ हजार ३४४ नमूनाको  पिसिआर परीक्षण सम्पन्‍न भएको छ ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४९ रहेको छ ।

The post बुधबार थपिए २१० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १९२७३ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles