काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।
मङ्गलबारसम्म १५ हजार ३३१ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार १२९ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५ हजार ३२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ५२ हजार ३०७ नमूनाको पिसिआर परीक्षण सम्पन्न भएको छ ।
थप एकजनाको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४९ पुगेको छ । पछिल्ला ७ दिनमा यो नवौं मृत्यु हो ।
The post मङ्गलबार थपिए ३११ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १९ हजार नाघ्यो appeared first on Sajha Post.