Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यो तथ्य थाहा पाएपछि तपाईले कहिल्यै फाल्नु हुनेछैन सुन्तलाको बोक्रा

$
0
0

सुन्तला हाम्रो लागि कुनै अनौठो फल होइन । यो एकदमै मिठो र गुनकारी फल हो । भिटामिन सि लगायतका पोषण तत्वले भरिपूर्ण यो फल हामी प्रायः खान्छौं तर यसको बोक्रा भने फ्याँकिरहेका हुन्छौं । यदाकता युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने पाइन्छ । तर जब हामीले यसको उपयोगिताबारे थाहा पाउँछौं, तब हामीले सुन्तलाको बोक्रा कहिले पनि फ्याँक्ने छैनौं ।

  • आउनुहोस् सुन्तलाको बोक्राका उपयोगिताबारे केही जानकारीहरु हासिल गरौं-
  • एकदम खस्रो तथा जर्जर कपाललाई सुन्दर, सिल्की बनाउन सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर बनाइएको लेदो कपालमा लगाएर केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।
  • अनुहारमा दाग, धब्बा छ भने सुन्तलाको बोक्रालाई मज्जाले पिँधेर त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा यस्तो मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् ।
  • सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । त्यस्तो तत्व ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक पनि हुन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाएर त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुहोस् । त्यसो गर्दा शरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढी चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर लगाउँदा फाइदा गर्छ ।
  • सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । यसैगरी सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।
  • सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।
  • यदि तपाईंलाई निद्रा नपर्ने समस्या छ भने सुन्तलाको बोक्राको सेवन गर्दा यस्तो समस्या कम हुने र गहिरो निद्रा पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ ।
    – विभिन्न एजेन्सीहरुको सहयोगमा

The post यो तथ्य थाहा पाएपछि तपाईले कहिल्यै फाल्नु हुनेछैन सुन्तलाको बोक्रा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles