काठमाडौं, ३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १०३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।
शुक्रबारसम्म २३ हजार २७५ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ३३१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख ११ हजार ८२९ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।
अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४० रहेको छ ।
The post शनिबार थपिए ५७ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १७५०२ appeared first on Sajha Post.