Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गर्मी मौसममा उखुको रस पिउनुहोस् र शरीरलाई स्वस्थ राख्नुहोस्

$
0
0

गर्मीयाममा जुस तथा चिसो पिउन सबैलाई मनपर्छ । यसले शितलता महसुस गराउँछ ।

त्यस्तै गर्मी मौसममा उखुको जुस पिउदा पनि शरीरलाई फाइदाजनक हुन्छ । यो एक स्वादिष्ट फल मध्ये एक हो ।

यसका फाइदाहरु अनगिन्ती रहेको छन् । उखुको रसमा प्रशस्त ग्लुकोज पाइन्छ जसले शरीरलाई शक्ति तथा ऊर्जा प्रदान गर्छ ।

गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन उखुको रसले मद्दत गर्दछन् । यसले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी विभिन्न रोग लाग्नबाट बचाँउछ ।

खासमा र्दिघकालीन रुपमा कलेजोसँग सम्बधित समस्याबाट मुक्ति दिन्छ । यसमा प्रशस्त मात्रामा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्छ र शरीरलाई फूर्तिलो बनाउँछ ।

यसमा प्रशस्त मात्रामा पानीको मात्रा भएकाले नियमित सेवाबाट पिसाबसम्बन्धि समस्याबाट पनि मुक्ति मिल्छ ।

The post गर्मी मौसममा उखुको रस पिउनुहोस् र शरीरलाई स्वस्थ राख्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles