काठमाडौं, ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा ५३८ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार मंगलबार ५३८ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
मंगलबार ८ महिला ६८ पुरुषसहित ७६ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म १९९ महिला र २०३५ पुरुषसहित २२२४ जना डिस्चार्ज भएका छन् ।
दैलेखका एक पुरुषको उपचारको क्रममा निधन भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
बागमती प्रदेशको रसुवा बाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार मंगलबारसम्म १ लाख ८६ हजार ३६६ पिसिआर र २ लाख ७१ हजार ५८४ आरडिटी परीक्षण सम्पन्न भएको छ ।
मंगलबारसम्म ८५ हजार ८१३ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ८५१ जना आइसोलेसनमा रहेका छन् ।
भिडियोमा पनिः
The post २४ घण्टामा ५३८ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १० हजार नाघ्यो appeared first on Sajha Post.