Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

७५ जिल्लामा फैलियो कोरोना, संक्रमित ९ हजार नाघ्दा २३ जनाको मृत्यू

$
0
0

काठमाडौं, ७ असार । नेपालका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । मुस्ताङमा कोरोना संक्रमित देखिएसंगै संक्रमण भेटिएको संक्रमण फैलिएको जिल्ला ७५ पुगेको हो ।

योसँगै अब नेपालमा केवल २ जिल्लामा मात्र अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन । ती जिल्लाहरुमा ओखलढुंगा र रसुवा रहेका छन् ।

आइतबारसम्म कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।

आइतबार ४२१ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतबारसम्म १ लाख ७५ हजार १७३ पिसिआर र २ लाख ६२ हजार १७४ आरडिटी परीक्षण सम्पन्न भएको उनले जानकारी दिए ।

आइतबारसम्म आइसोलेसनमा ९४ हजार ९२८ जना रहेका छन् भने ७ हजार २३१ जना आइसोलेसना रहेका छन् ।

आइतबारसम्म १ हजार ७७२ जना निको भएका छन् ।

गुल्मीकी ६९ पुरुषको असार ५ गते मृत्यू भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

उनी उपचारका लागि भारत गएका थिए । प्यारालाइसिसका बिरामी भएका उनी जेठ २५ गते नेपाल फर्किएका थिए । क्वारेन्टाइनमा रहेका उनको असार ५ गते घरमै मृत्यू भएको हो । उनको स्वाब परीक्षण गर्दा ६ गते कोरोना संक्रमणको पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । उनको शवलाई सेनाको सहयोगमा असार ६ गते व्यवस्थापन गरिएको छ ।

The post ७५ जिल्लामा फैलियो कोरोना, संक्रमित ९ हजार नाघ्दा २३ जनाको मृत्यू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles