Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाबाट प्रदेश ५ मा सबैभन्दा बढी मृत्यू, हेर्नुहोस् प्रदेशअनुसारको विवरण

$
0
0

काठमाडौं, २ असार । नेपालमा कोरोना महामारी देखिएयता मंगलबारसम्म १९ जनाको निधन भएको छ ।

जेठ ३ मा पहिलोपटक कोरोनाबाट नेपालमा एकजना महिलाको निधन भएको थियो । उनी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला थिइन् ।

नेपालमा कोरोनाका कारण सबैको जेठ महिनामा मृत्यू भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश ५ मा सबैभन्दा बढी ६ जनाको मृत्यू भएको छ । त्यहाँ १७ सय ४१ जना संक्रमित रहेका छन् ।

हालसम्म बागमती प्रदेशमा कोरोना संक्रमणबाट चारजनाको निधन भएकाे छ । यहाँका १३ जिल्लामध्ये रसुवा मात्र यस्तो एक जिल्ला हो, जहाँ अहिले कुनै पनि व्यक्तिमा कोरोना पुष्टि भएको छैन । यहाँका १२ जिल्लामा गरी हालसम्म दुई सय ३२ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये सबैभन्दा बढी ९२ जना कोरोना संक्रमित भेटिएका छन् ।

सबैभन्दा धेरै कोरोना संक्रमित रहेको प्रदेश २ मा ८ जिल्लामा हालसम्म तीनजनाको निधन भएकाे छ । यहाँ २ हजार दुई सय ८० जनामा कोरोना संक्रमण भेटिएको छ ।

The post कोरोनाबाट प्रदेश ५ मा सबैभन्दा बढी मृत्यू, हेर्नुहोस् प्रदेशअनुसारको विवरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles