स्याङ्जा, ११ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिकाले संचालन गरेको गल्याङ नगर अस्पतालमा स्वास्थ्यकर्मीले नै ताला लगाएका छन । कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको बेलामा पनि बिना तलब काम गर्नुपरेको भन्दै कर्मचारीले अस्पतालको मूल गेटमा ताला लगाएका हुन । आठ महिनादेखिको तलब नपाएको उनीहरुको भनाई छ ।
अस्पतालमा कार्यरत डाक्टर तथा प्रबन्धकसहित १७ जना कर्मचारीले संयुक्त विज्ञप्ति निकालेर तालाबन्दी गरेका हुन । गएको भदौ १ गतेदेखिको तलब बाँकी रहेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ ।
तलब मिलानको काम भइरहेको रसमस्या त्यति जटिल नभएकोले एक दुई दिनमा नै समाधान हुने गल्याङ नगर अस्पतालका अध्यक्ष एवं गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बताएका छन् ।
The post ८ महिनादेखिको तलब नपाएपछि स्वास्थ्यकर्मीले नै लगाईदिए अस्पतालमा ताला appeared first on Sajha Post.