Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शेरबहादुर भन्छन्- म मन्त्रालय हाजिर भएँ

$
0
0

काठमाडौं, ७ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुन मन्त्रालय हाजिर भएका छन् । सूचना चुहाएको आधारमा स्पष्टीकरण सोध्नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालबाट मन्त्रालय तानेपछि आइतबार पुनले विज्ञप्ति निकाल्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले सूचना चुहाएको आरोप लगाउँदै कोरोनाविरुद्धको लडाईंमा अग्रमोर्चामा खटिएका एकजना वरिष्ठ चिकित्सकलाई कारबाहीको डण्डा चलाउने खबर प्रकाशित भएपछि उनी सामाजिक सञ्जालमा पनि चर्चामा छन् । शनिबार राति मन्त्रालयले धम्कीपूर्ण सूचना प्रकाशन गरेर शेरबहादुरसँग मन्त्री भानुभक्त ढकालसँग नजोड्न चेतावनी दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्यादाविपरित काम गरेको चार्ज लगाएर सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत बरिष्ठ सरुवा रोग विशेषज्ञ पुनसंग स्पष्टिकरण सोधेपछि आइतबारबाट मन्त्रालयमा हाजिर गरेका उनले सन्तुलित विज्ञप्ति दिएका छन् ।

१८ वर्षदेखि कार्यरत रहेर पनि स्थायी हुन नसकेका उनी टेकुका करार कर्मचारी हुन् । पुनले मन्त्रालय तान्ने कदमलाई आफ्नो जागिरे जीवनको सामान्य प्रक्रिया भनेका छन् ।

यो पनि-

डा. शेरबहादुरलाई सूचना चुहाएको आरोप, को हुन् उनी ?

The post शेरबहादुर भन्छन्- म मन्त्रालय हाजिर भएँ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles