एजेन्सी, २२ चैत । अमेरिकाको एक विश्वविद्यालयका डाक्टरले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको दाबी गरेका छन् ।
पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका हुन् ।
सुरुमा मुसामा परीक्षण गरिएको यो खोपको प्रभावले भाइरसविरुद्ध एन्टिविडिज विकास भएको उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै दावी गरेका छन् ।
यसअघि फैलिएका सार्स र मार्स भाइरस पनि कोभिड – १९ सँग निकै मिल्दाजुल्दा भएकोले सार्स र मार्स उपचारको अनुभवले अहिले कोरोना भाइरस विरुद्धको खोप बनाउन सकेको अनुसन्धानकर्ताले बताएका छन् ।
सरकारबाट अनुमोदन हुनासाथ आफूहरुले यसको परीक्षण सुरु गर्ने उनीहरुले बताएका छन् ।
The post कोरोना भाइरस विरूद्धको खोप पत्ता लागेको अमेरिकी डाक्टरको दावी appeared first on Sajha Post.