अशिक्षा वा संस्कारका कारण हामीमा यौनबारे धेरै भ्रमहरु छन्, जसले हामीमाथि शासन गरिरहेका छन् । यसले हाम्रो जीवन एकप्रकारको कुन्ठामा बाँचिरहेको हुन्छ । यसै प्रसंगमा हस्तमैथुनबारे हाम्रो समाजमा धेरै किसिमका अड्कलबाजी र भ्रमहरु रहेका छन् । विशेषज्ञहरुका अनुसार हस्तमैथुन एउटा स्वस्थ यौन जीवनको महत्वपूर्ण हिस्सा हो ।
हस्तमैथुन भनेको हात वा अन्य कुनै वस्तुद्वारा यौन आनन्द प्राप्त गर्ने तरिका हो । कयौं समाजमा सर्वसाधारणमा यसलाई अनैतिक र हानिकारक मानिन्छ । तर विशेषज्ञको सुझाव भने यसको उल्टो हुने गरेको छ । उनीहरुका अनुसार यसले सुखानुभूति हासिल गर्नुका साथै पुरुष र मिहलाको स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ ।
विशेषज्ञहरुका अनुसार यी हुन् हस्तमैथुनका पाँच फाइदाहरु-
१. हस्तमैथुनका कारण महिनावारीसँग जोडिएका समस्याबाट मुक्ति मिल्दछ । महिनावारीको क्रममा हुने पीडाबाट हस्तमैथुनका क्रममा निस्कने रसायनका कारण राहत मिल्दछ । फिनवर्ग स्कूल अफ मेडिसिनमा स्त्री र प्रसूति रोगकी प्रोफेसर लरा स्ट्रीचर भन्छिन्- ‘हसुतमैथुनका कारण रसिलोपना बढ्दछ र यसबाट योनीको सुख्खापन हट्दछ । यसकारण पीडाबाट मुक्ति मिल्दछ ।’
२. पत्रिका ‘सेक्शुअल एण्ड रिलेशनशिप थेरापी’ का अनुसार यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्दछ र यसले संक्रमणबाट बचाउँछ । जुन मानिसलाई उत्तेजना अधिक हुन्छ उनमा इम्युनोग्लोबिन ए को मात्र अधिक हुन्छ, यसले ज्वरोबाट बचाउन मद्दत गर्दछ । यो तथ्य कयाैं अनुसन्धानबाट पत्ता लागेको हो ।
३. फ्रेन्च इन्स्टिच्यूट अफ हेल्ड एन्ड मेडिकल रिसर्चको अनुसन्धानका अनुसार हस्तमैथुनपछि थकाइको निद्रा लाग्छ । अनिद्राको समस्याबाट ग्रस्त मानिसहरुको लागि सबैभन्दा सुरक्षित र उत्तम उपाय (खासगरी पुरुषका लागि) हो । किनकी हस्तमैथुनपछि पुरुषको यौन इच्छा सकिन्छ र आनन्दित महसुस हुन्छ ।
४. यसबाट शारीरिक र मनोवज्ञानिक स्तरमा आनन्दानुभूतिको महसुस हुन्छ ।
५. आमरुपमा मानिसहरुलाई भ्रम छ कि हस्तमैथुनको यौन सम्बन्धमा नराम्रो असर पर्दछ । विशेषज्ञहरुका अनुसार यो पूरै गलत मान्यता हो । सही कुरा यसको उल्टो हुन्छ । हस्तमैथुनका कारण बरु एक असल र आनन्ददायक यौन सम्बन्ध बनाउन सक्ने सम्भावना बढ्छ । यसका साथै उत्तेजनामा नआउने समस्या भएका महिलाहरुलाई त झनै मद्दत पुग्दछ ।
बीबीसी हिन्दीबाट
The post यी हुन् हस्तमैथुनका अचम्म लाग्ने पाँच फाइदाहरु appeared first on Sajha Post.