स्वस्थ जीवनको लागि निन्द्रा महत्वपूर्ण कुरा हो । शरीरलाई आवश्यक मात्रामा आरामको लागि सुत्नुपर्छ । आधुनिक जीवनशैलीका कारण पर्याप्त र नियमितरुपमा नसुत्ने वा सुत्न नपाउने समस्याहरु बढिरहेका छन् । के हुन्छ नसुत्दा वा कम सुत्दा ? विभिन्न स्वास्थ्यसम्बन्धी अनुसन्धानहरुको निष्कर्ष यस्तो रहेको छ-
मधुमेह : शरीरको आवश्यकतानुसार नसुत्ने व्यक्तिलाई बिहान गुलिया र ‘जंकफुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।
क्यान्सर : राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । कम सुत्नाले क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्त्व शरीरबाट बाहिर निस्कन सक्दैन । शरीरमा त्यस्ता तत्त्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् ।
हृदयाघात : बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा नसुत्दा ‘ब्लडप्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।
अलजाइमर : सुत्दा दिमाग पुनर्जीवित र ताजा हुन्छ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या निम्त्याउँछ ।
The post सावधान ! कम सुत्दा लाग्न सक्छ यस्ता रोगहरु appeared first on Sajha Post.