एजेन्सी । भुटेको चना स्वाथ्यको लागि लाभदायक हुन्छ तर जब त्यसलाई सख्खरसँग मिलाएर सेवन गरिन्छ तब त्यो शरीरको लागि स्वभाविकरुपमा भन्दा एकदमै फाइदाजनक सावित हुन्छ । विशेषगरी आफ्नो शरीर बनाउन जिम जाने पुरुषको लागि यो नभई नहुने खाद्य तत्व हो ।
सख्खर र चनामा धेरै मात्रामा प्रोटिन पाइन्छ जुन मसल्सलाई मजबूत बनाउन एकदमै सहयोगी हुन्छ र त्यसमा भएको जिङ्क तत्वले छालालाई निखार्ने काम गर्छ ।
यी दुई तत्व एकै साथ सेवन गर्नाले शरिरमा मेटाबोलिजमको मात्रा बढ्छ र यसले मोटोपनलाई कम गर्न सहयोग पुर्याउँछ । शरीरको पाचन प्रणाली खराब हुदाँ शरीरमा कब्जियत र एसिडिटीको समस्या हुन जान्छ यस्तो अवस्थामा यी दुई तत्वले पाचन प्रणालीलाई ठीक गर्न मद्दत पुर्याउँछ ।
यसमा भिटामिन बी–६ भएको कारणले यसको सेवनले दिमागलाई तेज बनाउनको साथै स्मरणशक्तिको विकास गर्छ । यसमा पाइने फस्फोरसले दाँतलाई मजबूत बनाउने काम गर्छ जसले गर्दा दाँत छिटो झर्ने समस्या हुँदैन ।
जुन मानिसलाई मुटुसँग जोडिएको समस्या छ तिनीहरुलाई यसमा भएको पोटासियमले हृदयघातबाट बचाउँछ ।
साथै यसमा भएको क्यालसियमले हड्डीलाई मजबूत बनाउन काम गर्छ ।
The post चना र सख्खरका चामत्कारिक फाइदा appeared first on Sajha Post.