Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तारन्तार पिसाब लाग्छ ? सचेत हुनुहोस्

$
0
0


कसैकसैलाई अस्वभाविकरुपमा पटक-पटक पिसाब लाग्ने समस्या देखिन्छ । यस्तो समस्या छ भने बेवास्ता गर्नुहुँदैन ।

तारन्तार पिसाब लाग्नुका धेरै कारणहरु छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुन्छ ।

२४ घन्टामा ६–७ पटकभन्दा बढीपटक पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ । कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था सिर्जना हुँदैन । यस्तो समस्यालाई मेडिकल विज्ञानको भाषामा ‘फ्रिक्वेन्ट युरिनेसन’ भनिन्छ ।

पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यस्तो समस्याले मानिसको दैनिकीमै समस्या निम्त्याउँछ । काम गर्ने कि पिसाब फेर्न जाने ?

कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जाने गर्छ । यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिने अध्ययनहरुले देखाएका छन् ।

The post तारन्तार पिसाब लाग्छ ? सचेत हुनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles