चिसो बढ्दै जाँदा खोकीको समस्या देखिन थाल्छ । हामीले घरमै उपलब्ध सामग्रीहरु प्रयोग गरेर यसलाई कम गर्न मात्र होइन, यस्ता केही उपायहरु छन् जसले तत्काल राहत मिल्दछ । एन्टीब्याक्टेरियल र एन्टीभायरल गुण भएका यस्ता केही घरेलु वस्तुहरुको बारेमा उल्लेख गरिनेछ ।
खोकीबाट मुक्ति मिल्ने केही उपायहरु
एक चम्चा मह र आधा चम्चा अदुवाको धुलोलाई एक कप मनतातो कागती पानीमा मिलाएर पिउनुहोस् ।
आधा मुट्ठी किसमिसलाई एक चम्चा अदुवाको धूलोमा उमालेर पिउनुहोस् ।
एक चम्चा अदुवाको धूलोलाई एक कप पानीमा उमालेर पिउनुहोस् । यसले इन्फेक्सन र भायरसबाट बचिन्छ ।
बिहान बेलाुका बेसारको धूलोमा दूध मिलाएर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत मिल्दछ ।
एक मुट्ठी किसमिसलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी मिलाएर दिनमा २ पटक पिउनुहोस् ।
एक एक टुक्रा सक्खर र अदुवाको टुक्रा लिनुहोस् । यसमा एक चम्चा तुलसीको रस मिलाएर तताउनुहोस् । यसलाई दिनमा दुईदेखि तीन पटकसम्म सेवन गर्नुहोस् ।
मेथिको दानालाई पानीमा उमालेर दिनमा दुईपटक पिउनुहोस् ।
स्रोत ः स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न पुस्तकहरु
The post खोकीबाट हैरान हुनुहुन्छ, तत्काल राहतको लागि यसो गर्नुहोस् appeared first on Sajha Post.