(एजेन्सी) १० मंसिर । सर्प निकै विषालु जीव हो । यसले डसेपछि तत्काल उपचार नपाएको खण्डमा मानिसको ज्यान नै जान्छ । त्यसैले सर्पको नाम सुन्दैमा हाम्रो मुटु काँप्छ । तर कैयन यस्ता देश पनि छन्, जहाँ मानिसहरु सर्पसँग कत्ति पनि डराउँदैनन् । अझ सर्पलाई नै मारेर खाइदिन्छन् ।
यस्तै एउटा देश इण्डोनेसिया पनि हो । यहाँ सर्पको मासुको परिकार निकै लोकप्रिय छ । सर्प मारेर मासु खानु त यहाँ निकै सामान्य कुरा हो, कतिपयले त सर्पलाई मारेर रगतसमेत पिउँछन् ।
इण्डोनेसियाको राजधानी जकार्ताका बासिन्दा स्वस्थ रहनका लागि खोजी-खोजी सर्पको रगत पिउँछन् । महिलाहरुले भने आफ्नो छालालाई चम्किलो बनाउनका लागि सर्पको रगत पिउने गरेका छन् । सर्पको रगत पिउँदा छाला चम्किलो र स्वस्थ हुने उनीहरुको बुझाइ छ ।
सर्पको रगतको बढ्दो मागका कारण दैनिक हजारौँ सर्प काटिन्छन् । यस्ता पसलहरु बिहान ५ बजे नै खुल्छन्, राति १ बजेमात्र बन्द हुन्छन् । एक दिनमा बिक्रेताले ५ देखि १० लाखसम्म कमाउने गरेका छन् ।
अझ अर्को रोचक कुरा त के भने यहाँ आर्मीलाई पनि सर्पको रगत पिउन लगाइन्छन् । ताकि उनीहरुले निकै नै कठिन अवस्थामा पनि सर्पको रगत पिएर जीवित रहन सकुन् । यस्तो ट्रेनिङ इण्डोनेसिया ट्रिपका क्रममा अमेरिकी सेनालाई पनि दिइएको थियो ।
The post इण्डोनेसियाली महिला यसकारण पिउँछन् सर्पको रगत, सुन्दैमा आङ जिरिङ्ग हुन्छ appeared first on Sajha Post.