Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

३० वर्ष जेठा हाकिमसँगको ‘अफेयर’ले अदालत पुर्‍यायो

$
0
0

एजेन्सी, १२ फाल्गुन । एक बैंककी प्रशिक्षार्थी अर्थात् इन्टर्नले आफ्ना बोससँगको सम्बन्ध अन्त्य भएपछि बोसलाई बर्बाद गरिदिने धम्की दिइन् र ८९ पटक म्यासेज पठाइन् ।

छब्बीस वर्षीया एमिली साल्ट एसएचबिसी बैंकमा ६ महिलादेखि इन्टर्नको रुपमा काम गरिरहेकी थिइन् । यही क्रममा ५६ सालका म्यानेजरसँग उनको अफेयर सुरु भयो ।

इंल्याण्डको ग्रेटर म्यानचेस्टरमा बस्ने एमिलीले ब्रेकअपपछि एक महिनामै ८९ वटा सन्देश म्यानेजरलाई पठाइन् । सन्देशमा उनले म्यानेजर र उनकी छोरीको क्यारिअर बर्बाद गर्ने धम्की दिएकी थिइन् ।

इन्टरनेशनल बिजनेस, फाइनान्स र इकोनोमिक्समा ग्राजुएट गरेकी एमिली ब्रेकअपपछि म्यानेजरकी छोरीलाई पनि सन्देश पठाउँदै अपशब्द गर गाली गरेकी थिइन् ।

त्यसपछि लन्डनस्थित एक अदालतमा एमिलीविरुद्ध सुनुवाइ भयो । उनले अदालतसमक्ष आफूले म्यानेजरलाई प्रताडित गरेको स्वीकार गरेकी थिइन् । त्यसपछि उनीविरुद्ध अदालतले १८ महिनासम्म म्यानेजरको सम्पर्कमा नआउन, १०० घण्टा सामुदायिकसेवा गर्न आदेश दियो । साथै अदालतले उनलाई ८४ पाउण्ड जरिवाना तोक्यो ।

 

The post ३० वर्ष जेठा हाकिमसँगको ‘अफेयर’ले अदालत पुर्‍यायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles